Kathmandu Press

प्रधानमन्त्रीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदै, नयाँ मन्त्रीको सपथ ग्रहण १ बजे 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।
प्रधानमन्त्रीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदै, नयाँ मन्त्रीको सपथ ग्रहण १ बजे 

काठमाडौं, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समितिको सोमबार बसेको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाएपछि प्रधानमन्त्रीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ । 

‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौं । भोलि एक बजे अघि टुंग्याउँछौ । केही परिवर्तन भएछ भने सल्लाहमा हुन सक्ला’, मन्त्री लामिछानेले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई बताए । 

सोमबारको सहमति अनुसार नेकपा एमालेले ८ मन्त्रालय, माआवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३/३ मन्त्री र १/१ राज्यमन्त्री पाउँदा जनमत पार्टीले एक मन्त्रालय पाउने भएको हो । 

जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरुको माग सम्बोधन गर्नेबारे दलहरुबीच सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ । 

 

प्रकाशित मिति: १०:१२ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्