Kathmandu Press

मन्त्रालय बाँडफाँटप्रति जसपा असन्तुष्ट, तत्काल सरकारमा नजाने

बैठकमा सहभागी भएका जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहित मन्त्रालयको न्यायोचित बाँडफाँट हुनुपर्ने माग गरेका थिए। सत्तारुढ माओवादी र एमालेले जसपाका लागि सहरी विकाससहित दुई मन्त्रालय छुट्याएको छ।
मन्त्रालय बाँडफाँटप्रति जसपा असन्तुष्ट, तत्काल सरकारमा नजाने

काठमाडौं, माघ ३ : जनता समाजवादी पार्टी तत्काल सरकारमा नजाने भएको छ। सोमबार साँझ भएको मन्त्रालय बाँडफाँटप्रति असहमति जनाउँदै जसपाले तत्काल सरकारमा सहभागी नहुने बताएको हो ।

बैठकमा सहभागी भएका जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहित मन्त्रालयको न्यायोचित बाँडफाँट हुनुपर्ने माग गरेका थिए। सत्तारुढ माओवादी र एमालेले जसपाका लागि सहरी विकाससहित दुई मन्त्रालय छुट्याएको छ।

तर यसमा जसपाले असन्तुष्टि व्यक्त गरेको छ। न्यायचित तरिकाले बाँडफाँट नभएको भन्दै जसपाले तत्काल सरकारमा सहभागी नहुने अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।

सोमबारको छलफलमा जसपाले उपराष्ट्रपति माग गरेको तर प्रधानमन्त्री प्रचण्डले अहिले यतातिर नजाम् पहिले मन्त्रालय टुंग्याउँ भनेका थिए। त्यसपछि भने यादवले यी पद नटुंग्याएसम्म आफूहरु सरकारमा सहभागी नहुने बताएका हुन्। 

प्रकाशित मिति: ०७:५६ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्