रास्वपालाई शिक्षा र श्रम मन्त्रालय, उपसभामुख पनि दिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
काठमाडौं, माघ ३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
सोमबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले रास्वपालाई थप दुई मन्त्रालय र एक राज्यमन्त्री दिने सहमति भएको हो ।
त्यस्तै प्रतिनिधि सभाको उपसभामुख पद पनि रास्वपाले पाउने भएको छ ।
सहमति अनुसार रास्वपालाई शिक्षा मन्त्रालय र श्रम मन्त्रालय दिने सहमति भएको हो । रास्वपाका सभापति रवि लामिछानेले आफ्ना दलका सांसदहरुलाई यसबारेमा जानकारी गराइसकेका छन् ।
सभापति लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीसहित सरकारमा सहभागी छन् । अब रास्वपाबाट को मन्त्री बन्ने भन्ने निर्णय पार्टीको बैठकले गर्नेछ ।
प्रकाशित मिति: ००:२३ बजे, मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











