पोखरा विमान दुर्घटना : थप एक जनाको शव भेटियो, २ जना अझै वेपत्ता
आइतबार भएको दुर्घटनामा परेकामध्ये २ जना अझै वेपत्ता छन्। उनीहरुको मंगलबार मात्र खोजी गरिने प्रहरीले जनाएको छ।
काठमाडाैं, माघ २ : आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेर वेपत्ता भएका एक जनाको शव भेटिएको छ। सोमबार साँझ भेटिएको शवलाई पोखरा विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ।
आइतबार भएको दुर्घटनामा परेकामध्ये २ जना अझै वेपत्ता छन्। उनीहरुको मंगलबार मात्र खोजी गरिने प्रहरीले जनाएको छ।
सोमबार बिहानै पनि एकजनाको शव निकालिएको थियो । आज शव खोज्न ड्रोनको प्रयोग गरिएको थियो।
४ जना चालकदलका सदस्यसहित ७२ जना सवार यति एयरको विमान आइबार सेती खोंचमा दुर्घटनामा परेको थियो ।
प्रकाशित मिति: २०:२५ बजे, सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











