Kathmandu Press

रास्वपामा मन्त्री छान्ने जिम्मा रविलाई, विज्ञता हेरिने

वर्तमान सरकारमा रास्वपाले ३ मन्त्रालय पाउने सम्भावना छ।
रास्वपामा मन्त्री छान्ने जिम्मा रविलाई, विज्ञता हेरिने

काठमाडौं, माघ २ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुन मन्त्री छान्ने जिम्मा पार्टी सभापति रवि लामिछानेलाई दिएको छ। सोमबार बसेको संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा लामिछानेलाई दिएको हो।

बैठकमा मन्त्री छान्दा विज्ञतालाई पहिलो प्राथमिकतामा राख्नै निर्णय भएको छ। पार्टीका तर्फबाट सत्ता साझेदार दलहरुसँग छलफल सभापतिले नै गर्ने भएकाले मन्त्री छान्ने अधिकारी पनि लामिछानेलाई दिइएको हो।

वर्तमान सरकारमा रास्वपाले ३ मन्त्रालय पाउने सम्भावना छ। जसमा लामिछानले उप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने २ जनाको उनले छान्ने छन्।

प्रकाशित मिति: १९:०७ बजे, सोमबार, माघ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्