Kathmandu Press

अप्सरा बनिन् बागमती प्रदेशको उपसभामुख

सोमबार निर्वाचनमा नेमकिपाकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख निर्वाचित भएकी हुन्। चापागईंले ६१ मत प्राप्त गरिन्।
अप्सरा बनिन् बागमती प्रदेशको उपसभामुख

हेटौंडा, माघ २ : बागमती प्रदेशको उपसभामुखमा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छिन्।

सोमबार निर्वाचनमा नेमकिपाकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख निर्वाचित भएकी हुन्। चापागईंले ६१ मत प्राप्त गरिन्।

११० सदस्यीय प्रदेशसभामा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ३९ मत पर्‍यो भने ७ जना तटस्थ बसे । २ जना भने मतदानमा सहभागी भएनन् ।

उपसभामुखमा नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले पनि उम्मेदवारी दिएकी थिइन् । उनको पक्षमा ३ र विपक्षमा ६१ मत पर्‍यो भने ४४ जना तटस्थ बसे ।

उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी प्रस्तावहरु क्रमैसँग प्रदेशसभामा प्रस्तुत गर्ने क्रममा एमालेकी चापागाई उपसभामुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसकी उम्मेदवार सुना परियारलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि छलफल नै भएन ।

प्रकाशित मिति: १७:५४ बजे, सोमबार, माघ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्