बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु
आजको बैठकले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटबारे निर्णय गर्ने बताइएको छ ।
काठमाडौं, माघ २ : सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।
आजको बैठकले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटबारे निर्णय गर्ने बताइएको छ ।
गठबन्धनको बैठकअघि प्रधानमन्त्री प्रचण्डले बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा मन्त्रालयको भागबन्डाबारे छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले आजै भागबन्डा टुग्याएर मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिने बताएका थिए ।
प्रकाशित मिति: १७:५६ बजे, सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











