सर्वोच्चलाई गृहमन्त्री लामिछानेको लिखित जवाफ– ‘पुनः नागरिकता लिनुपर्दैन’ (पूर्णपाठ)
गृहमन्त्री लामिछानेले आफ्नो बचाउमा वारेसमार्फत नौ पृष्ट लामो जवाफ पठाउँदै रिट खारेज गर्न संवैधानिक इजलास समक्ष माग गरेका छन् ।
काठमाडौं, माघ २ : नागरिकतासम्वन्धि विवादमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिइरहनु नपर्ने दाबी गरेका छन् । लामिछानेको नागरिकता विवादमा दायर भएका रिट निवेदनमा आगामी माघ ११ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाई हुँदै छ ।
लामिछानेले अमेरिकाबाट फर्केपछि उताको नागरिकता परित्यागका लागि अमेरिकी दुतावासमा निवेदन दिए पनि पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन कानुनी पक्रियामा नगएको प्रश्न उठाउँदै रविराज बसौला लगायतले सर्वोच्चमा रिट निवदेन दायर गरेका थिए । २०५० साल फागुन १० गते काठमाडौं सिडिओ कार्यालयबाट लिएको नागरिकता नै अहिलेसम्म प्रयोग गरिरहेको प्रश्न रिटमा उठाइएको छ । निष्क्रिय भैसकेको नागरिकताका आधारमा नेपाली पासपोर्ट लिएको भन्ने प्रश्न समेत सर्वोच्चमा उठेको छ । गृहमन्त्री लामिछानेले आफ्नो बचाउमा वारेसमार्फत नौ पृष्ट लामो जवाफ पठाउँदै रिट खारेज गर्न संवैधानिक इजलास समक्ष माग गरेका छन् ।
लामिछानेले अमेरिकाको नागरिकता र राहादानी त्यागका लागि १८ मे २०१८ मा नेपालस्थित अमेरिकी राजदुतावासमा लाग्ने शुल्क तिरेर निवेदन दिएको र अमेरिकाको ओभरसिज सिटिजन्स् सर्भिस डिपार्टमेन्ट अफ स्टेट ले २८ जुन २०१८ मा नागरिकता परित्यागको स्विकृती पत्र दिएको भनाई लिखित जवाफमा राखेका छन् । आफ्नो हकमा २०५० साल फागुन १० मा जिल्ला प्रसासन कार्यालयबाट नागरिकता लिएको नागरिकता नै कायम हुने दाबी उनको छ । नेपाली नागरिकता त्यागी अमेरिका गएको अवस्था नरहेको कारण दर्शाउँदै पुनः कायम गर्न निवेदन दिनुपर्ने आवस्यकता नरहेको भनाई जवाफमा छ ।
‘नागरिकतासम्वन्धि ऐन, नियमले त्याग गर्नेको हकमा पुनः नेपाली नागरिकता कायम गर्दा नयाँ नेपाली नागरिकताको प्रमाण पत्र जारी हुने नभै साविककै विवरणको नागरिकता प्रमाणपत्र विदेशी मुलुकको नागरिकता परित्याग गरेको निस्सा दर्ता भएको मिति देखि पुनः कायम कानुनी व्यवस्था रहको कुरा स्मरण गराउन चाहन्छु’, जवाफमा उल्लेख छ । विधायिकाले नागरिकता ऐन बनाउँदा दफा ११ मा पुनः नेपाली नागरिकता कायम हुने दुई वटा पूर्व अवस्थालाई उल्लेख गरेको र नागरिकता त्यागेको निस्सा दर्ता भएको मितिदेखि नेपाली नागरिकता पुनः कायम हुने कुराको सुनिश्चितता गरेको दाबी लामिछानेको छ । साविककै नागरिकता प्रमाणपत्रको आधारमा राज्यबाट पाउने सवै प्रकारका सेवा, सुविधा, हक अधिकार निरन्तर भोग गरिरहेको लामिछानेले बताएका छन् ।
आफु अमेरिकी नागरिकको हैषियतले नेपालको भिषा लिई आएको र नेपालमा बसोबास गर्ने गैर पर्यटक (नातेदार) भिषा ४ अक्टोवर २०१८ सम्म रहेको भए पनि त्यस अगावै १८ मे २०१८ मा अमेरिकाको नागरिकता त्याग्न लाग्ने दस्तुर तिरी आवेदन दिई रेकर्ड आध्यावधिक गर्न गृह मन्त्रालय, अध्यागमन लगायतका सरकारी निकायमा निवेदन दिएको अवस्थामा नेपालमा बसोबास गर्न कुनै भिसा लिइरहनुनपर्ने जिकिर लामिछानेको छ ।
यस्ताे छ सर्वाेच्चमा गृहमन्त्री लामिछानेले पठाएकाे जवाफकाे पूर्णपाठ :











