गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी बिना थापा निर्वाचित

काठमाडौं, माघ २ : गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी बिना थापा निर्वाचित भएकी छन् ।
सोमबार सम्पन्न मतदानमा ३२ मत ल्याउँदै थापा उपसभामुखमा निर्वाचित भएका हुन् । उपसभामुखका लागि कांग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत पाइन्। ।
उपसभामुख पदमा निर्वाचित थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत पाएकी छन् । कांग्रेस सांसद तामाङले भने आफ्नो पार्टीका २६ सांसदको मत पाइन् । कांग्रेस सांसद टीका बस्याल भने अनुपस्थित रहे ।
गण्डकी प्रदेशसभाको सभामुखमा ३० पुसमा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका थिए ।
प्रकाशित मिति: १७:१० बजे, सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











