Kathmandu Press

भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेलको घट्यो 

भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेलको घट्यो 

काठमाडौं, माघ २ : भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । आइओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेलको मूल्य भने घटेर आएको छ ।

नयाँ लागत मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमको आपूर्ति तथा वितरुण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए ।

भारतबाट नयाँ मूल्य प्राप्त भएपनि निगमले भने आन्तरिक बजारको उपभोक्ता मूल्य घटाउनेबारे निर्णय भने गरिसकेको छैन ।

प्रकाशित मिति: १६:३६ बजे, सोमबार, माघ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्