Kathmandu Press

गोताखोरले सेती नदीबाट एउटा शव निकाल्यो, तीनजनाको अवस्था अझै अज्ञात 

पानीबाट निकालिएको शव सशस्त्र प्रहरीले गण्डकी अस्पतालमा पठाउने तयारी गरिरहेको छ । 
गोताखोरले सेती नदीबाट एउटा शव निकाल्यो, तीनजनाको अवस्था अझै अज्ञात 

काठमाडौं, माघ २ : यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता चारमध्ये एक जनाको शव निकालिएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरीले परिचालन गरेको गोताखोरको टोलीले सोमबार दिउँसो एक जनाको शव निकालेको हो । 

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी  शेलेन्द्र थापाले बेपत्ता चारमध्ये एक जनालाई सेती नदीबाट निकालिएको जानकारी दिए। सोमबार बिहानबाट सशस्त्रको गोताखोर टोलीले सेती नदीमा पसेर शवको खोजतलास गरिरहेको थियो । 

पानीबाट निकालिएको शव सशस्त्र प्रहरीले गण्डकी अस्पतालमा पठाउने तयारी गरिरहेको छ । 

दुर्घटनामा बेपत्ता भएका चारमध्ये तीन जनाको अवस्था भने अझै अज्ञात छ ।  

चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको यती एयरको विमान आइतबार बिहान दुर्घटना भएको थियो । साँझसम्म विमान दुर्घटनामा परेका ६८ जनाको शव संकलन भएको थियो । बाँकी शव खोज्न सोमबार बिहानैबाट उद्धार टोली परिचालन गरिएको थियो। 

प्रकाशित मिति: १६:०० बजे, सोमबार, माघ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्