मन्त्रालय भागबण्डाबारे निर्णय गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान
सोमबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचकाे छलफललगत्तै संयन्त्रको बैठक बोलाइएको हो ।
काठमाडौं, माघ २ : सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबन्डा टुंगो लगाउन संयन्त्रको बैठक बोलाइएको हो ।
सोमबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफल भएको थियो । छलफललगत्तै संयन्त्रको बैठक बोलाइएको हो ।
संयन्त्रमा एमाले अध्यक्ष ओली संयोजक छन् भने गठबन्धनमा रहेका अन्य दलका नेताहरु सदस्य छन् । आजको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाउने र प्रधानमन्त्री प्रचण्डले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।
भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्रीले मन्त्रालयको भागबन्डा आजै टुंगिने र चाँडै सरकारले पूर्णता पाउने बताएका थिए ।
प्रकाशित मिति: १५:४६ बजे, सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











