Kathmandu Press

मन्त्रालयको भागबन्डा आजै टुंगो लगाइने, भोलि सर्वदलीय बैठक 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले छिट्टै सरकारले पूर्णता पाउने बताएका हुन् ।
मन्त्रालयको भागबन्डा आजै टुंगो लगाइने, भोलि सर्वदलीय बैठक 

काठमाडौं, माघ २ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् । सोमबार बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले छिट्टै सरकारले पूर्णता पाउने बताएका हुन् ।

उनले सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको भागबन्डा आजै टुंगो लगाउने बताए। त्यस्तै सरकारलाई विश्वासको मत दिने सबै पार्टीका नेताहरुको बैठक भोलि बस्ने पनि उनले बताए ।‘विश्वासको मत दिने सबै पार्टीका नेताहरूको बैठक भोलि बस्दैछ,’ बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले भने । 

प्रधानमन्त्री प्रचण्डले सभामुख र राष्ट्रपतिबारे नेपाली कांग्रेससँग पनि छलफल गर्ने यसअघि नै बताइसकेका छन् ।  
 

प्रकाशित मिति: १५:१० बजे, सोमबार, माघ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्