Kathmandu Press

विमान दुर्घटनामा मृत्यु भएका ६८ मध्ये ३८ जनाको पहिचान (नामावली) 

सनाखत नभएका व्यक्तिका शवलाई डिएनए परीक्षणका लागि आजै काठमाडौंं लैजाने तयारी भइरहेको बताइएको छ । 
विमान दुर्घटनामा मृत्यु भएका ६८ मध्ये ३८ जनाको पहिचान (नामावली) 
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृह बाहिर भेला भएका मृतकका आफन्तजन । तस्बिर: रासस

काठमाडौं, माघ २ : आइतबार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका ६८ जनामध्ये ३८ जनाको पहिचान खुलेको छ ।  

विमानमा सवार ७२ जनामध्ये ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ४ जनाको अवस्था अहिलेसम्म अज्ञात छ । मृत्यु भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 

अस्पतालका अनुसार हालसम्म ३८ जनाको सनाखत भएको छ । सनाखत नभएका व्यक्तिका शवलाई डिएनए परीक्षणका लागि आजै काठमाडौंं लैजाने तयारी भइरहेको बताइएको छ । 

पहिचान खुलेका ३८ जनाको नामावली यसप्रकार छ :

१.    निशान्त आचार्य 
२.    संगीता शाही
३.    डाक्टर सुशिल श्रेष्ठ
४.    डाक्टर सोना दिवाकर
५.    रियान पौडेल
६.    सदागत अलि मिया 
७.    लक्ष्मी पौडेल
८.    प्रशिद्धि पौडेल
९.    अरूण पौडेल
१०.    पूर्णकुमार गुरूङ
११.    युकोन्जो (कोरियन नागरिक)
१२.    विजयकुमार गुरूङ
१३.    रचना काफ्ले पौडेल
१४.    रकि गुरूङ
१५.    डा.गणेश थापा
१६.    लक्ष्मी परियार 
१७.    रिता परियार
१८.    हरि परियार
१९.    एस्मिल गुरूङ
२०.    पूजन थापा
२१.    सिर्जना होङचेन (एयरहोस्टेस)
२२.    त्रिभुवन पौडेल
२३.    मोहन प्रकाश श्रेष्ठ 
२४.    जुरिस लेजिन (रसियन नागरिक)
२५.    एलिना (रसियन नागरिक)
२६.    जीवनकला गुरूङ 
२७.    जमुना शर्मा
२८.    शालिकराम आचार्य
२९.    डा सुशील र डा सोनाको छोरा
३०.    बन्दना सुनार
३१.    सीता गुरूङ
३२.    निरा छन्त्याल
३३.    अनुषा गुरूङ
३४.    शिवकुमार गुरूङ
३५.    राजु सिंह ठकुरी
३६.    अनिल शाही
३७.    पास्कल एलेक्स मण्डल (फ्रान्स)
३८.    कमल केसी (क्याप्टेन) 

प्रकाशित मिति: १३:१९ बजे, सोमबार, माघ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्