एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीसँग भेटवार्ता गरेका छन् ।
काठमाडौं, माघ २ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीसँग भेटवार्ता गरेका छन् । सोमबार अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री बालकोट पुगेका हुन् ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने, सभामुख र उपसभामुखको निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री बालकोट पुगेका हुन्।
माघ ५ गते सभामुखको निर्वाचन तय भएको छ । प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनमा भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको आकलन गरिएको छ।
प्रकाशित मिति: १०:५४ बजे, सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











