Kathmandu Press

कांग्रेसले फेरि देशको नेतृत्व लिन्छ : नेता महत

नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित कार्यक्रममा उनले भने, “अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ । तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ ।”
कांग्रेसले फेरि देशको नेतृत्व लिन्छ : नेता महत

काठमाडौं, माघ २ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन् । 

नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित कार्यक्रममा उनले भने, “अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ । तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ ।”

प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रवक्ता डा महतले यो देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गर्नुहुँदै गत निर्वाचनमा जनताले सर्वाधिक मत दिएको दल बाहिरिएको बताए । 

“विभिन्न रूप रङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन् । देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर रहेको छ । कांग्रेसले आफ्नो ठाउँबाट सरकारलाई जनताको विकास निर्माणको चाहना पूरा गर्न लागि पर्नेछ”, उनले भने । 
 
प्रकाशित मिति: ०८:५५ बजे, सोमबार, माघ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्