Kathmandu Press

विमान दुर्घटना : ६९ जनाको शव भेटियो, बाँकी शव खोज्न सशस्त्रको गोताखोर परिचालन 

विमान दुर्घटना : ६९ जनाको शव भेटियो, बाँकी शव खोज्न सशस्त्रको गोताखोर परिचालन 

काठमाडौं, माघ १ : पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव खोजी गर्न सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ । 

आइतबार साँझसम्म पनि विमानमा सवार ७२ जनामध्ये तीन जनाको शव फेला नपरेपछि सशस्त्रले गोताखोरको टोली परिचालन गरेको हो । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरको टोली परिचालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए । 

घटनास्थलमा १५ जनाको टोलीले बाँकी शव खोजिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनामा परी अहिलेसम्म ६८ जनाको मृत्यु भएको जनाएको छ भने थप एक शव फेला परेको छ । 

फेला परेका शवहरुलाई गण्डकी अस्पतालमा राखिएका छन् । ६९ मध्ये ११ जनाको सनाखत समेत भइसकेको छ ।  

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा चालक दलका चार जनासहित ७२ जना थिए। विमान बिहान १०ः ५० बजे सेती खोंचमा खसेको थियो।
 

प्रकाशित मिति: १७:४४ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्