Kathmandu Press

विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत

पोखराको गण्डकी अस्पतालका अनुसार साँझसम्म १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । 
विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत

काठमाडौं, माघ १ : पोखरामा आइतबार बिहान भएको यती एयरलाईन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको सनाखत भएको छ । 

पोखराको गण्डकी अस्पतालका अनुसार साँझसम्म १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । 

सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा। सुशील श्रेष्ठ, डा। सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् ।

यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनामा परी हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।  

 

प्रकाशित मिति: १७:३२ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्