Kathmandu Press

विमान दुर्घटनाप्रति चीन र अमेरिकाद्वारा दुःख व्यक्त 

विमान दुर्घटनाप्रति चीन र अमेरिकाद्वारा दुःख व्यक्त 

काठमाडौं, माघ १ : काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान दुर्घटनाप्रति नेपालस्थित चिनियाँ र अमेरिकी दूतावासले दुःख व्यक्त गरेको छ ।

नेपालस्थित चिनियाँ राजदूत चेन सङले विमान दुर्घटनाले आफू निकै स्तब्ध रहेको बताएका छन् । सङले ट्वीटमार्फत घटनाप्रति स्तब्ध भएको उल्लेख गरेका छन् । उनले यस दुःखद घडीमा आफूहरूको समवेदना नेपाली जनताको साथमा रहेको बताउँदै मृतकहरूप्रति गहिरो श्रद्धाञ्जली, शोक सन्तप्त परिवारहरुप्रति समवेदना प्रकट गरेका छन् ।

‘पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु । यस दुःख घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ । मृत्तकहरूप्रति गहिरो श्रद्धाञ्जली र शोकसन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गर्न चाहन्छु,' राजदुत सोङले भनेका छन् ।

यसैगरी काठमाडौंस्थित अमेरिकी दुताबासले पनि एक विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । ‘आज बिहान पोखरामा भएको यति एयरलाइन्सको दुःखद दुर्घटनाले हामी अत्यन्त मर्माहत भएका छौं । हामी स्थितिलाई सावधानीपूर्वक अनुगमन गरिरहेका छौं । हामी हाल बोर्डमा कुनै पनि अमेरिकी नागरिकहरू बारे सचेत छैनौं । हाम्रो हृदय पीडित र परिवारलाई जान्छ’, विज्ञप्तिामा उल्लेख छ ।

यसैवीच, भारतका नागरिक उड्डयन जोतिरादित्य सिन्धियाले पनि विमान दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले शोक सन्तप्त परिवारलाई सहानुभूति दिँदै उक्त विमान दुर्घटना भयानक भएको बताएका छन् । काठमाडौंबाट पोखरा गएको विमान नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटना हुँदा अहिलेसम्म ६८ जनाको ज्यान गएको पुष्टी भएको छ । विमानमा चार जना चालक दलका सदस्यसहित ५३ जना नेपाली र १५ जना विदेशी सवार थिए । 

प्रकाशित मिति: १७:२२ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्