‘दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको थियो’

काठमाडौं, माघ १ : पोखरामा यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानबाट तीन जनाको जीवितै उद्धार गरिएको खुलेको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले दुर्घटनाग्रस्त जहाजबाट तीन जनालाई जीवितै उद्धार गरिएको जानकारी दिएका छन् । उद्दारपछि तीनैजनालाई अस्पताल पठाइएको ढकालले बताए।
उद्धार गरिएका ती तिनजना को थिए र हालको अवस्था के छ भन्ने बिषय पुष्टी हुन सकेको छैन। आइतवार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी एटीआर जहाज सेतीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।
प्रकाशित मिति: १४:५३ बजे, आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











