Kathmandu Press

विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन, भाेलि देशभर शाेक बिदा

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको हो ।
विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन, भाेलि देशभर शाेक बिदा

काठमाडौं, माघ १ : यति एयरलाईन्सको एटीआर–७२ विमान दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । 

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको हो । बैठकले  सोमबार विमान दुर्घटनाको शोक घोषणा गरेको पनि एक मन्त्रीले जानकारी दिएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै पोखरा जाने तय भएको पनि बताइएको छ । 

प्रकाशित मिति: १४:३२ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्