Kathmandu Press

दुर्घटनाग्रस्त विमानमा पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेल पनि सवार 

दुर्घटनाग्रस्त विमानमा पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेल पनि सवार 

काठमाडौं, माघ १ : पोखरामा आज दुर्घटनाग्रस्त यति एयरलायन्सको विमानमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पनि सवार रहेको पाइएको छ । 

नेपाल पत्रकार महासंघको लेखा समितिका सभापति लेखनाथ न्यौपानले पौडेल पनि विमानमा सवार रहेको जानकारी दिएका छन् । 

आइतबार बिहान भएको दुर्घटनाग्रस्त भएको विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले उद्धार कार्य जारी रहेको जानकारी दिएका छन् । अहिलेसम्म ३६ जनाको शव संकलन भएको बताइएको छ । 

प्रकाशित मिति: १४:२५ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्