Kathmandu Press

अन्तिम पटक १०ः३० बजे पोखरा टावरको सम्पर्कमा थियो विमान

केन्द्रका अनुसार जहाज पोखरा टावरसँग १०ः५० मा सम्पर्कमा आएको थियो । 
अन्तिम पटक १०ः३० बजे पोखरा टावरको सम्पर्कमा थियो विमान

काठमाडौं, माघ १ : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको जहाज अन्तिम पटक १०ः५० मा सम्पर्कमा आएको पाइएको छ । 

काठमाडौंबाट १०ः३२ मा उडेको यतिको ९ एन–एएनसी जहाज दुर्घटना अघिसम्म सम्पर्कमै रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जहाज पोखरा टावरसँग १०ः५० मा सम्पर्कमा आएको थियो । 

उक्त समयमा सेती खोंच भन्ने स्थानमा रहेको जहाज त्यसलगत्तै दुर्घटनामा परेको थियो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना यात्रु थिए । 

केन्द्रका अनुसार पोखरामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन भएका थिए ।
  
 

प्रकाशित मिति: १४:०२ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्