मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको हो ।
काठमाडौं, माघ १ : मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको हो ।
पोखरामा आइतबार बिहान यती एयरको विमान दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । बैठकले विमान दुर्घटना र उद्धार र राहतको विषयमा निर्णय गर्नेछ ।
बैठकअघि प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर उद्दार र राहतको निरीक्षण गरेका थिए ।
प्रकाशित मिति: १३:५६ बजे, आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











