Kathmandu Press

विमान दुर्घटनाको उद्दारमा खटिन स्थानीय पार्टी संयन्त्रलाई सभापति देउवाको निर्देशन

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएलगत्तै सामाजिक संजालमार्फत देउवाले उद्धारमा खटिन नेपाली कांग्रेस कास्कीको पार्टी संयन्त्रलाई निर्देशन दिएको बताएका छन्।
विमान दुर्घटनाको उद्दारमा खटिन स्थानीय पार्टी संयन्त्रलाई सभापति देउवाको निर्देशन

काठमाडाैं, माघ १ : कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्दामा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टी संयन्त्रलाई निर्देशन दिएका छन्।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएलगत्तै सामाजिक संजालमार्फत देउवाले उद्धारमा खटिन नेपाली कांग्रेस कास्कीको पार्टी संयन्त्रलाई निर्देशन दिएको बताएका छन्।

देउवाले उद्धारालाई प्रभावकारी बनाउँदै आवस्यक सबै प्रक्रिया अबिलम्व सुरु गर्न नेपाल सरकारसाग माग समेत गरेका छन्।

‘यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खबरले स्तब्ध भएको छु। यस दुखद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै  प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्दछ’, उनले भनेका छन्, ‘उद्दारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टीका सबै निकायलाई निर्देशन गर्दछु।’

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्