अपडेट : जहाजमा लागेको आगो निभाईयो, दुर्घटनास्थलबाट ३६ जनाको शव निकालियो

काठमाडौं, माघ १ : पोखरामा दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको जहाजमा लागेको निभाईएको छ । आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यति एयरको एन एएनसी एटीआर–७२ जहाज सेती दोभानको खोँचमा खसेर दुर्घटनाग्रस्त भएको थियो।
विमानमा चालक दलका ४ सदस्य र ६८ जना यात्रु रहेका थिए । तीमध्ये अहिलेसम्म ३६ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए । ती शवलाई गण्डकी अस्पताल पु¥याइएको छ ।
प्रमुख जिल्ला अधिकारी केसीले जिवित उद्धा गर्ने प्रयास भएपनि कसैलाई पनि जिवित निकाल्न नसकिएको बताए । विमानमा ५३ नेपाली, ५ भारतीय नागरिक, ४ जना रुसी नागरिक, आयरल्याण्डका एक नागरिक, दुईजना कोरियाका नागरिक, एक अर्जेन्टिनी नागरिक, र फ्रान्स र अष्ट्रेलियाका एकएक नागरिक रहेको बताइएको छ ।
आइतबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज करिब ११ बजे दुर्घटनाग्रस्त भएको छ ।











