Kathmandu Press

उद्धारको निरीक्षण गर्न विमानस्थलको कन्ट्रोल रुममा प्रधानमन्त्री र गृहमन्त्री

उद्धारको निरीक्षण गर्न विमानस्थलको कन्ट्रोल रुममा प्रधानमन्त्री र गृहमन्त्री

काठमाडौं, माघ १ : काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।  

प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत बिवरण लिएका हुन्। निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएका छन् 

विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन्। प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्नु निर्देशन दिएका छन् । साथै आज १ः३० बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । 

निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत सरकारी अधिकारीहरू छन् । 

प्रकाशित मिति: १३:०१ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्