प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
पोखरामा यति एयरको विमान दुर्घटना भएपछि प्रधानमन्त्रीले दिउँसो १ बजे बस्ने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।
काठमाडौं, माघ १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।
दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् ।
प्रकाशित मिति: १२:१४ बजे, आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











