पोखरामा दुर्घटनाग्रस्त जहाजमा सवार थिए ६८ यात्रु
दुर्घटनास्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोमिटरको दुरीमा रहेको छ ।
काठमाडौं, माघ १ : काठमाडौंबाट पोखरा उडेको यति एयरको विमान दुर्घटनाग्रस्त भएको छ । आइतबार बिहान यति एयरलाइन्सको एएनसी एटीआर ७२ विमान पोखरा महानगरपालिका– १५ स्थित सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनास्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोमिटरको दुरीमा रहेको छ ।विमानमा ६८ यात्रु सवार रहेको बताइएको छ । विमान क्याप्टेन कमल केसीले उडाएका थिए ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार साहीले ले दुर्घटना भएको पुष्टि गरे । ‘हामी पनि घटनास्थल जाँदै छौं, प्रहरी र सेनालाई उद्धारका परिचालन गरिसकेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी साहीले काठमाडौं प्रेससँग भने ।
उनका अनुसार अन्य विवरण संकलनको प्रयास भइरहेको छ ।
प्रकाशित मिति: ११:५२ बजे, आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











