Kathmandu Press

माघ ३ गते सर्वदलीय बैठक बस्ने  

शनिबार प्रधानमन्त्री प्रचण्डले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा माघ ३ गते बस्नेगरी सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिए ।
माघ ३ गते सर्वदलीय बैठक बस्ने  

काठमाडौं, पुस ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाउने भएका छन्। माघ ३ गते बस्ने गरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाउन लागेका हुन्। 

शनिबार प्रधानमन्त्री प्रचण्डले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा माघ ३ गते बस्नेगरी सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिए । बैठकको आह्वान आइतबार गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ ।  सत्तारुढ दलहरुबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको छ । शनिबार सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सभामुख र राष्ट्रपतिको निर्वाचनबारे कांग्रेसँग पनि छलफल हुने बताएका छन् । 

‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु । सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन । अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ,’ प्रधानमन्त्रीले भने । 

प्रकाशित मिति: १८:०० बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्