Kathmandu Press

गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित 

शनिबार बसेको प्रदेश सभा बैठकमा धिताललाई सभामुख बनाउने प्रस्तावको पक्षमा ३२ सांसदले मतदान गरेका थिए। 
गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित 

काठमाडौं, पुस ३० : गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार बसेको प्रदेश सभा बैठकमा धिताललाई सभामुख बनाउने प्रस्तावको पक्षमा ३२ सांसदले मतदान गरेका थिए। 

५९ सदस्यीय प्रदेश सभामा शनिबार ५८ जना उपस्थित थिए । धिताललाई  प्रदेश सभा सदस्य फणिन्द्र देवकोटाले सभामुखका लागि प्रस्ताव पेस गरेका थिए भने एमाले ससदीय दलका प्रमुख सचेतक रोशनबहादुर गाहाले उक्त प्रस्तावको समर्थन गरेका थिए। 

बहुमत सदस्यहरुले समर्थनपछि धिताल संविधानको धारा १८२  र प्रदेशसभा नियमावली ७ अनुसार सभामुख पदमा नियुक्त भएका छन् । कांग्रेसबाट सभामुख पदमा उम्मेदवारी दिएकी  सरस्वती अर्याल तिवारीले भने २६ मत ल्याइन् । 

 सभामुखमा निर्वाचित धिताल गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनलाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले पक्षमा मत दिएका थिए ।
 

प्रकाशित मिति: १७:०९ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्