Kathmandu Press

रोल्पा पुगेका वर्षमानको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइयो, सुमेरु अस्पतालमा उपचार सुरु

रोल्पा पुगेका वर्षमानको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइयो, सुमेरु अस्पतालमा उपचार सुरु
फाइल तस्बिर

काठमाडौं, पुस ३० : माओवादी केन्द्रका महासचिव वर्षमान पुनको स्वास्थ्यमा पुन समस्या देखिएको छ ।  चुनाव जितेपछि पहिलो पटक गृहजिल्ला पुगेका पुनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको छ ।  

रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको छ ।

पुनलाई आज दिउँसो नै ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । उनी केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।

 वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि गत मंसिर १६ गते चीन गएका थिए। स्वास्थ्यमा सुधार आएपछि पुस ५ गते उनी काठमाडौं फर्किएका थिए।
 
यसअघि गत वर्ष पनि पुनको सुरूमा थाइल्याण्ड र पछि चीनका अस्पतालमा उपचार गरिएको थियो।

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्