Kathmandu Press

कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रुपमा प्रतिपक्षी दल रहेन : महासेठ

कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रुपमा प्रतिपक्षी दल रहेन : महासेठ

काठमाडौं, पुस ३० : नेकपा (एमाले) का सचिव रघुवीर महासेठले कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रुपमा प्रतिपक्षी दल नभएको बताएका छन्। 

रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा महासेठले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसंगै कांग्रेस अव प्रतिपक्षी दल नभएको बताएका हुन् । नेता महासेठले एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको पनि दावी गरे। 

उहाले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको भन्ने कुरा ६ महिनापछि थाहा हुने धारणा राखे। उनले वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुनेगरि कुनै काम नगर्ने बताए। 

महासेठले आफूहरुले कांग्रेससँग पनि राम्रै सम्बन्ध बनाउन खोेजेको बताए । फरक प्रसंगमा उनले आफू १०/१५ वर्ष सक्रिय राजनीतिमा रहने बताउँदै राष्ट्रपति, उपराष्ट्र र सभामुखजस्ता पदमा नजाने स्पष्ट पारे। 

प्रकाशित मिति: १६:१२ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्