Kathmandu Press

निर्मला कुर्मीकाे न्याय माग्दै धर्नामा बसेका अधिकारकर्मीलाई गृहमन्त्री लामिछानेले भेटे 

निर्मला कुर्मीकाे न्याय माग्दै धर्नामा बसेका अधिकारकर्मीलाई गृहमन्त्री लामिछानेले भेटे 

काठमाडौं, पुस ३० : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरुलाई घर फर्कन आग्रह गरेका छन्। 

शनिबार काठमाडौंको माइतिघरमा निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै धर्ना बसिरहेका अधिकारकर्मीसंग भेट गर्दै लामिछानेले उक्त घटनामा अनुसन्धान जारी रहेकाले आन्दोलनका सम्पूर्ण कार्यक्रम रोक्दै घर फर्कन आग्रह गरेका हुन् ।

मन्त्री लामिछानेले प्रक्रिया पु¥याएर अनुसन्धान गर्ने र घटनाका पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाए । आफु मन्त्री भएको तीन दिनमा नै उक्त घट्नाका सम्बन्धमा गम्भीर भएर अनुसन्धानमा खट्न निर्देशन दिएको पनि उनले बताए। 

सो क्रममा अधिकारकर्मी रुवी खानले पटक पटकको आश्वासनपछि पनि न्याय नपाएकाले काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपरेको र न्याय नपाएसम्म घर फर्कन नसक्ने बताए। उनले आफुहरु सरकारलाई अनुसन्धानमा सहयोग गर्न तयार रहेको तर दोषीलाई कारवाहीको दायरामा ल्याएरै छाड्नुपर्ने बताए। 

प्रकाशित मिति: १५:५६ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्