मधेश प्रदेशको सभामुखका लागि रामचन्द्र मण्डल र जंगीलाल रायबीच प्रतिस्पर्धा

काठमाडौं, पुस ३० : मधेश प्रदेशसभाको सभामुख पदका लागि दुई जना सांसदले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट एमालेका सांसद रामचन्द्र यादव र कांग्रेसबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्तारुढ गठबन्धनको भागबन्डामा मधेशमा एमालेले सभामुख पाएको हो । कांग्रेसका उम्मेदवार रायलाई एकीकृत समाजवादीको पनि समर्थन रहेको छ ।
प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोस्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी ९जसपा० तेस्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।
सभामुख चयनका लागि माघ २ गते मतदान हुँदैछ ।











