प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

काठमाडौं, पुस ३० : प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन् ।शनिबार प्रदेशसभाको बैठकबाट उनी निर्वाचित भएकी हुन् ।
सत्तागठबन्धनमा रहेका दलहरू नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको ६० सांसदमध्ये ५७ जनाले दनुवारको पक्षमा मतदान गरेका थिए । उनको विपक्षमा ३३ मत खसेको थियो।
उपसभामुख पदका लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ मत खसेको थियो । विपक्षमा ५७ मत खसेको थियो ।
सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित भएका थिए ।
प्रकाशित मिति: १४:३१ बजे, शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











