Kathmandu Press

घनश्याम भूसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित 

घनश्याम भूसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित 

काठमाडौं, पुस ३० : नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल पार्टीको केन्द्रीय सचिवालय सदस्य मनोनित भएका छन् । 

शुक्रबारमात्रै एकीकृत समाजवादी प्रवेश गरेको भूुसाल शनिबार पार्टीको सचिवालय सदस्य मनोनित भएका हुन् । एकीकृत समाजवादीको शनिबार बिहान बसेको बैठकले भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो । 

मंसिर ४ गतेको निर्वाचनमा एमालेले टिकट नदिएपछि भूुसालले स्वतन्त्र उम्मेदवारी दिँदै पराजित भएका थिए । एमालेले निष्कासन गरेपछि भूसाल केही समय निष्क्रिय थिए । 

 

प्रकाशित मिति: १३:१७ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्