Kathmandu Press

रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता 

भेटमा समसामयिक राजनीतिक, सभामुख र राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको छ ।
रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता 

काठमाडौं, पुस ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।    

शनिबार पौडेलले एकीकृत  समाजवादीको आलोकनगरस्थित पार्टी कार्यालयमै पुगेर नेपालसँग भेटवार्ता गरेका हुन् । 

दुई नेताबीच करिब एक आधा घन्टा कुराकानी भएको बताइएको छ । 

भेटमा समसामयिक राजनीतिक, सभामुख र राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको छ । दुबै पार्टीले सरकारलाई समर्थन दिएपनि प्रतिपक्षमा बस्ने निर्णय गरेका छन् ।

फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने तयारी गरेको छ । राष्ट्रपतिको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले राजनीतिक भेटवार्ता बढाइरहेको छ।

एकीकृत समाजवादीसँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेको हुन सक्ने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: १२:४१ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्