Kathmandu Press

बालुवाटारमा प्रचण्ड र ओलीबीच के–के भयो कुराकानी ? 

बालुवाटारमा प्रचण्ड र ओलीबीच के–के भयो कुराकानी ? 

काठमाडौं, पुस ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए।

आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ। 

प्रकाशित मिति: ११:२४ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्