Kathmandu Press

मधेस प्रदेशको सभामुखका लागि आज उम्मेदवारी दर्ता

मधेस प्रदेशको सभामुखका लागि आज उम्मेदवारी दर्ता

जनकपुर, पुस ३० : मधेस प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ।

प्रदेशसभा सचिवालले सभामुखका लागि उम्मेदवारी दर्ता गर्न बिहान ११ देखि ३ बजेसम्मको समय दिएको छ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम माघ २ गते सोमबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता र नामावली प्रकाशन गरिनेछ।

सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव रंजितकुमार यादवद्वारा जारी सूचनामा जनाइएको छ ।

सत्ता गठबन्धनबीच मधेस प्रदेशको सभामुखमा नेकपा एमाले र उपसभामुख जनमत पार्टीले पाउने गरी सहमति भएको छ ।

प्रकाशित मिति: १०:०४ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्