Kathmandu Press

२५ वर्षपछि ‘संवेदनाका स्वरहरु’को चर्चा

सो अवसरमा निबन्ध संग्रहका भूमिका लेखक प्रा.डा. शैलेन्दुप्रकाश नेपाल, कृतिका आवरण कलाका कलाकार के.के. कर्माचार्य तथा समीक्षकद्वय डा. ज्ञानु पाण्डे र महेश पौडेलले निबन्ध लेखनका उतारचढावका विविधपक्षमा चर्चा गरेका थिए।
२५ वर्षपछि ‘संवेदनाका स्वरहरु’को चर्चा

काठमाडाैं, पुस ३० : २५ वर्षपछि निबन्ध संग्रह ‘संवेदननाका स्वरहरू’को चर्चा भएको छ। काठठमाडौंमा आयोजित समीक्षात्मक कार्यक्रममा स्रष्टाहरूले ‘संवेदननाका स्वरहरू’को चर्चा गरेका हुन्।

शंकर लामिछाने प्रतिष्ठानले ‘संवेदनाका स्वरहरू’ निबन्ध संग्रह प्रकाशनको २५ वर्ष पुगेको अवसरमा समीक्षात्मक कार्यक्रमको आयोजना गरेको थियो । थाहा पुस्तकालय मीनभवनमा आयोजित सो कार्यक्रममा निबन्ध संग्रहका विषयमा चर्चा भएको हो ।

Hardik ivf

निबन्धकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशले संयुक्त रुपमा लेखेका हुन्।

सो अवसरमा निबन्ध संग्रहका भूमिका लेखक प्रा.डा. शैलेन्दुप्रकाश नेपाल, कृतिका आवरण कलाका कलाकार के.के. कर्माचार्य तथा समीक्षकद्वय डा. ज्ञानु पाण्डे र महेश पौडेलले निबन्ध लेखनका उतारचढावका विविधपक्षमा चर्चा गरेका थिए।

sss1673666131.jpg

‘संवेदनाका स्वरहरू’का चार निबन्धकारले बितेको २५ वर्षदेखि निबन्ध र नियात्रा लेखनमा कृति प्रकाशनका साथै उक्त विधालाई निरन्तरता दिंदै आएको बताएका थिए।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सप्पन्न कार्यक्रममा साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई लेखकहरूका तर्फबाट आभारपत्रसहित अभिनन्दन गरिएको थियो।

प्रकाशित मिति: ०८:५९ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्