बाल गायक अपर्ण परियारको ‘कुश्मा बलेवा‘ सार्वजनिक
पर्वतको कुश्मा र बाग्लुङको धार्मिक एवम पर्यटकिय स्थल बलेबाको रमणीय स्थानलाई समेटिएर गीत निमार्ण गरिएको छ।
काठमाडौं, पुस ३० : बाल गायक अपर्ण परियार र गायिका सरस्वती विश्वकर्माको स्वरमा रहेको ‘कुश्मा बलेवा‘गीतको भिडियो सार्वजनिक भएको छ ।
पर्वतको कुश्मा र बाग्लुङको धार्मिक एवम पर्यटकिय स्थल बलेबाको रमणीय स्थानलाई समेटिएर गीत निमार्ण गरिएको छ। अर्जुन पन्तको शब्द तथा संगीतमा रहेको गीतमा मौलिक पनलाई समेटिएको छ ।
बद्रि शर्माको छायांकन, निरञ्जन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशन भिडियोमा रहेको छ । ‘कुश्मा बलेवा‘ गीतको भिडियोमा अपर्ण परियार ,रामचन्द्र भुसाल, अञ्जली परियर र निर्मल पौडेलको अभिनय देख्न सकिन्छ।
प्रकाशित मिति: ०७:३३ बजे, शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












