स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न त्रिविको निर्देशन
त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले शुक्रबार एक सूचना प्रकाशित गरी आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको पूर्वतयारीमा जुट्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएका हुन्।
काठमाडौं, पुस ३० : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न आंगिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ।
त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले शुक्रबार एक सूचना प्रकाशित गरी आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको पूर्वतयारीमा जुट्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएका हुन्।
महाशाखा प्रमुख दाहालले गत पुस २२ को त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णय नं १७६५ अनुसार पूर्वतयारी गर्न गराउन सम्पूर्ण आंगिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिइएको जानकारी दिए।
वि.सं. २०७३ चैत १५ गते केही आंगिक क्याम्पसमा मात्र निर्वाचन भए पनि अन्य क्याम्पसमा विसं २०६५ देखि अहिलेसम्म स्ववियु निर्वाचन हुन सकेको थिएन ।
प्रकाशित मिति: ०७:१५ बजे, शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार