Kathmandu Press

सडक निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीकाे प्रतिबद्धता

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको शुक्रबार भएको बैठकमा उनीहरूले आआफ्नो समस्या सुनाउँदै अब सम्पन्न गर्नसक्ने अवधि बताएका छन्।
सडक निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीकाे प्रतिबद्धता

काठमाडौं, पुस ३० : उपत्यकाका १५ रुग्ण योजनाका निर्माण व्यवसायीले विभिन्न समयमा सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको शुक्रबार भएको बैठकमा उनीहरूले आआफ्नो समस्या सुनाउँदै अब सम्पन्न गर्नसक्ने अवधि बताएका छन्। १५ आयोजनामध्ये कतिले माघ, कतिले फागुन त कतिले असारसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएकन छन्।

सोक्रम उपप्रधानमन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ थापा र विभिन्न आयोजनाका प्रमुख र सम्बन्धित निर्माण कम्पनीका तर्फबाट प्रतिनिधि सहभागी थिए। निर्माण व्यवसायीले आआफ्नो ठेक्कामा रहेको सजिलो र अप्ठ्यारोका बारेमा जानकारी गराएका थिए।

यसरी प्रतिबद्धता जनाउने कम्पनीमा तुदी÷प्रेरा जेभी बागडोल ललितपुर, दिवा÷शैलुङ जेभी, शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि, आशिष सिएम जयबाबा जेभी, महालक्ष्मी÷वल्र्डवाइड भण्डार धोदुङ जेभी, सुनकोशी÷प्रजिल जेभी, महर्जन निर्माण सेवा र ड्रागन–महर्जन जेभी रहेका छन् ।

समय सीमाभित्र सम्पन्न नभएका तर स्थानीय तहले सम्पन्न गरिसकेका आयोजना फरफरक गर्न दुवै पक्षबीच सहमति भएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायी र कर्मचारीका सम्बन्धमा भएका खराब धारणा बदल्न लाग्नुपर्ने बताउनुभयो । राजनीतिज्ञ, कर्मचारी व्यवसायी सबै मिले राष्ट्र निर्माणमा लाग्नुपर्नेमा उनको जोड थियो।

प्रकाशित मिति: ०६:३५ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्