Kathmandu Press

धनकुटाकाे सिधुवा बजारमा आगलागी, तीन घर जलेर नष्ट

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा आगलागी भएकाे छ।
धनकुटाकाे सिधुवा बजारमा आगलागी, तीन घर जलेर नष्ट

काठमाडाैं, पुस २९ : धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा आगलागी भएकाे छ। आगलागीकाे कारण तीन वटा घर जलेर नष्ट भएका छन। 

बजारको काउली चोकको मासु पसलबाट सुरु भएको आगोले स्थानीय हेम थापा, अर्जुन घिमिरेसहितको घरमा फैलिएकाे थियाे। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा जुटिरहेका छन् । 

यस्तै, तेह्रथुमको वसन्तपुरबाट घटनास्थलमा दमकल पुगिसकेकोले आगो नियन्त्रण उन्मुख रहेको स्थानीय नवनित खड्काले जनाएका छन् । आगो निभाउनका लागि धनकुटाबाट थप प्रहरी परिचालन गरिएकाे छ।

प्रकाशित मिति: २०:५९ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्