Kathmandu Press

बागमती प्रदेशका नवनिर्वाचित सभामुख पाठकले लिए शपथ

बागमती प्रदेशका नवनिर्वाचित सभामुख पाठकले लिए शपथ

काठमाडौं, पुस २९ : बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवन पाठकले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम बागमती प्रदेशका सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

आज भएको मतदानमा पाठक सभामुख पदमा निर्वाचित भएका थिए। शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल तथा मन्त्रीहरु र प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गाना उपस्थित थिए। 

नवनिर्वाचित सभामुख पाठक साविक नुवाकोट जिल्ला र हाल काठमाडौँ महानगरपालिका–३० का स्थायी बासिन्दा हुन्। उनले स्नातकोत्तरसम्मको शिक्षा अध्ययन गरेका छन्। यसअघि उनले विघटित पञ्चायत व्यवस्थाको वर्गीय सङ्गठनमध्ये नेपाल युवक सङ्गठनका केन्द्रीय सचिव पदमा निर्वाचित हुँदैदेखि राजनीतिक जीवन सुरु गरेका थिए। 

पाठकले मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापनापछि २०४७ सालमा राप्रपाको स्थापनासँगै संस्थापक सदस्य हुँदै केन्द्रीय सदस्यमा निर्वाचितमा थिए। यसैगरी उहाँले राप्रपाको सहमहामन्त्री एवं प्रवक्ता र पार्टीको महामन्त्रीसमेतको जिम्मेवारी सम्हाली सकेका छन् । 

प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्