Kathmandu Press

रवि ओडको आवाजमा ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक 

रवि ओडको आवाजमा ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक 

काठमाडौं, पुस २९ : नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको स्वरमा ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक भएको छ। 

विहीबार सवाल मिडिया नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।  नयन सिंह क्षेत्रीको शब्द रचनामा बनेको उक्त गीतमा भीम वि.सीले संगीत भरेका छन् । 

Hardik ivf

गीतको म्युजिक भिडियोमा राज भण्डारी, सविना राउत र भूपेन्द्र बहादुर भण्डारीको अभिनय छ । भिडियोलाई भूपेन्द्र बहादुर भण्डारी आफैले निर्देशन गरेका हुन् । 

भण्डारीले यही गीतमार्फत निर्देशकका रुपमा नेपाली सांगितिक क्षेत्रमा डेब्यु गरेका छन् । उनको पहिलो निर्देशन भएपनि म्युजिक भिडियोले गीतलाई न्याय गरेको निर्माता कृष्णा चौलागाईँले बताइन्। 

गायक ओडले पनि म्युजिक भिडियोले गीतको मर्मा नमारेको बताए । उनले निर्देशक भण्डारी तथा कलाकारहरूलाई बधाई तथा शुभकामना दिए । 

जनसवाल मिडिया प्रालिले उत्पादन गरेको उक्त म्युजिक भिडियो सवाल मिडियाले बजारमा ल्याएको हो ।

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्