Kathmandu Press

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश 

एकीकृत समाजवादीले मात्रै नेकपाकाे विरासत बाेकेकाे छ : भुसाल
घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश 

काठमाडौं, पुस  २९ : वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । शुक्रबार राजधानीको एक होटलमा  आयोजना गरेको कार्यक्रममा बोल्दै भुुसालले आफू एकीकृत समाजवादीमा प्रवेश गरेको स्वघोषणा गरेका हुन् । 

वामपन्थी शक्तिहरुबीच एकताको पहल गर्न एकीकृत समाजवादीले गठन गरेको कार्यदललाई भुसालले पाँच बुदे प्रस्ताव पठाएको थियो । उनको प्रस्तावमा प्रतिबद्ध रहेको बताउँदै कार्यदलका संयोजक बेदुराम भुसालले घनश्याम भुसाललाई स्वागत पत्र पठाएका थिए । 

मंसिरमा सम्पन्न चुनावमा एमालेले टिकट नदिएपछि भुसालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । पार्टीको उम्मेदवारविरुद्ध उम्मेदवारी दिएपछि भुसाल एमालेबाट निष्कासनमा परेका थिए ।

शुक्रबार एकीकृत समाजवादी प्रवेश गर्दै भुसालले नेकपा विभाजनका कारण मुलुकले समृद्धि र विकास गर्ने अवसर गुमाउनु परेको बताएका छन् । उनले ओलीकै कारण नेपालको कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा परेको बताए।  उनले ओलीवादका कारण धराशायी बनेको कम्युनिष्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताएका छन्।

भुसालले एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गरे।
 

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्