Kathmandu Press

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

शुक्रबार प्रदेशसभाबाट विश्वास गरियोस् भन्ने उनको प्रस्तावको पक्षमा ३१ जना सदस्यहरुले मतदान गरेका छन् । त्यस्तै २७ जनाले प्रस्तावको विपक्षमा मतदान गरे ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

काठमाडौं, पुस २९ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।   

शुक्रबार प्रदेशसभाबाट विश्वास गरियोस् भन्ने उनको प्रस्तावको पक्षमा ३१ जना सदस्यहरुले मतदान गरेका छन् । त्यस्तै २७ जनाले प्रस्तावको विपक्षमा मतदान गरे । आजको बैठकमा स्वतन्त्र सांसद राजीव गुरुङ भने अनुपस्थित रहे । 

५९ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ सांसदसहित माओवादी केन्द्रका  ७ र  राप्रपाका २ जनाको समर्थन छ । अधिकारीले २७ सांसद रहेको कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह गरेका थिए । शुक्रबार बिहान बसेको कांग्रेसको प्रदेश संसदीय दलको बैठकले अधिकारीलाई विश्वासको मत नदिने र प्रतिक्षमा बस्ने निर्णय गरेको थियो । 

केन्द्रमा फेरिएको समिकरणका कारण गण्डकीमा खगराज मुख्यमन्त्री बनेका हुन् ।  संघ छाडेर प्रदेश झरेका एमाले संगठन विभाग प्रमुखसमेत रहेका अधिकारी  कांग्रेस नेतृत्वको अघिल्लो गठबन्धन कायम रहँदासम्म मुख्यमन्त्री बन्ने सम्भावना थिएन ।गठबन्धन टुटेर नयाँ समिकरण बन्दा गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको  मुख्यमन्त्री बन्ने सपना पनि तुहिएको छ । 

गठबन्धनको केन्द्रीय सहमति अनुसार गण्डकीमा एमालेले पाँचै वर्षसम्म सरकारको नेतृत्व गर्नेछ । 

प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्