सन्दीप लामिछाने थुनामुक्त
उच्च अदालत पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने शुक्रबार थुनामुक्त भएका हुन् ।
काठमाडौं, पुस २९ : बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् ।
उच्च अदालत पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने शुक्रबार थुनामुक्त भएका हुन् ।
लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो । अब उनी बाहिर बसेर मुद्दा लड्नेछन् ।
थुनामुक्त गरेपनि अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ । उनले काठमाडौं उपत्यका बाहिर जानका लागि पनि प्रहरीसँग अुनमति लिनुपर्ने आदेश गरिएको छ ।
त्यस्तै पीडित परिवारसँग भौतिक वा अन्य कुनै प्रकारको सम्पर्क गर्न पनि रोक लगाएको छ । सञ्चार सामग्री प्रकाशन, विद्युतीय सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनैपनि टिकाटिप्पणी गर्न पाउने छैनन्।
प्रकाशित मिति: १४:२५ बजे, शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











